शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको गुण्डागर्दी चलचित्र ‘सकस’ मा

बिहीबार, २९ भदौ २०७४, १९ : १५
बिहीबार, २९ भदौ २०७४

काठमाडौं – काठमाडौंलाई केन्द्र बनाएर गुन्डागर्दी गर्नेको कथामा बनेको चलचित्र ‘सकस’ ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत तथा ट्रेलर सार्वजनिक गरिएको हो । 

सफल द्वन्द्व निर्देशक एन.बी.महर्जनको निर्देशन रहेको चलचित्रमा सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, रविन्द्र खड्का लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ । 

चलचित्र अंकल सिंहले निर्माण गरेका हुन् । नेपाली चलचित्रमा अहिलेसम्म प्रयोग नभएको बिषय फरक प्रस्तुतिका ‘सकस’मा देखाउन खोजिएको निर्माता अंकलले बताए ।

चेतन सापकोटाको संगीत, हिमाल केसीको द्वन्द्व रहेको चलचित्र २४ कात्तिकमा प्रदर्शनमा आउने तयारीमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप