बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा यस्तो खुर्सानी जुन खाँदा तपाईंको ज्यानै जान्छ

शुक्रबार, २६ जेठ २०७४, १८ : २९
शुक्रबार, २६ जेठ २०७४

एक सेफले संसारको सबैभन्दा पिरो खुर्सानीको विकास गरेका छन् जुन खाँदा तपाईंको ज्यानै जाने खतरा छ ।

ड्र्यागन ब्रेथ नाम दिइएको उक्त खुर्सानी एनेस्थेटिकको रुपमा चिकित्सा उपचारमा प्रयोग गर्नका लागि विकास गरिएको थियो किनभने उक्त खुर्सानीबाट निस्कने तेल यति धेरै शक्तिशाली हुन्छ कि यसले छालालाई चेतनाशून्य बनाइदिन्छ ।

सेन्ट अस्याफस्थित नर्थ वेल्सका माइक स्मिथले विगत ७ वर्षदेखि खुर्सानी र तरकारीको उत्पादन गरिरहेको द डेली पोष्ट रिपोर्टले बताएको छ ।

यो खुर्सानी खाने व्यक्तिलाई ‘एनाफिल्याक्टिक सक’ लाग्छ जसले वायुमार्गलाई जलाउने काम गर्छ ।

५३ वर्षे स्मिथ भन्छन्, ‘यसलाई खानै सकिन्न । मैले एकपटक यसलाई जिब्रोको टुप्पामा छोएर चाखेको थिएँ, तर यसले यति पोल्यो कि कुरै नगरौं । मैले त्यसलाई करिब १० सेकेन्डभित्रै थुकिदिएँ ।’

ड्र्यागन ब्रेथ यति शक्तिशाली छ कि यसको एक थोपा तेलले २० लाख ४८ हजार थोपा पानीलाई पिरो बनाउँछ ।

नोटिङ्घम ट्रेन्ट युनिभर्सिटीसँगको समन्वयमा तयार गरिएको उक्त खुर्सानीको औषधीय गुणसमेत भएको स्मिथ बताउँछन् ।

उनले भने, ‘एनेस्थेटिकसँग एलर्जी भएका मानिसहरुको उपचारका लागि यसको विकास गरिएको हो  । यसको तेल छालामा प्रयोग गर्न सकिन्छ किनभने यो यति शक्तिशाली छ कि यसले छालालाई केही चाल नपाउने किसिमको बनाउँछ । ’

ड्र्यागन ब्रेथ चिल्ली यति शक्तिशाली छ कि यसलाई विशेष सिल गरिएको कन्टेनरमा राख्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप