मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

९ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

सोमबार, १५ भदौ २०७७, ०९ : ०४
सोमबार, १५ भदौ २०७७

पोखरामा अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका पक्राउ गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । ती युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो । 

बालिकाको परिवारले उजुरी हाल्ने सुइँको पाएपछि पिडक युवा आइतबार नै पोखराबाट स्याङ्जा हानिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभाष हमालले बताए । 

हमालका अनुसार ती बलत्कार आरोपी युवालाई स्याङ्जाको मिरुवाबाट कास्की प्रहरीले साँझ ८ बजेतिर पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको हमालले बताए । 

पिडकलाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको हमालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप