शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो अंकले बढ्यो सेयर बजार

बिहीबार, २९ भदौ २०७४, १६ : ३३
बिहीबार, २९ भदौ २०७४

काठमाडौं–सेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ । लगातार ओरालो लागेको बजार सेयर कारोवारका हिसावले साताको अन्तिम दिन भने ३७.११ अंकले उकालो लागेको हो । योसँगै बजार १५३०.३१ अंकमा उक्लिएर बन्द भएको छ ।
आज एकसय ६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिद विक्रिवाट ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपैयाँको कारोवार भएको छ । आज सवै समूहको सूचक हरियो भएका छन् । 
आज बैकिङ समूहको सूचक ३६.९७ अंकले बढेको छ भने टे«डिङको सूचक १७.१४, होटल समूहको सूचक ४३.६ र विकास बैंक समूहको सूचक २३.९१ अंकले बढेको छ । जलविद्युत समूहको सूचक १५.०२ अंकले बढेको आज फाइनान्स समूहको सूचक २६.३९, बीमा समूहको सूचक २४९.०८, उत्पादनमुलक समूहको सूचक ३४.११ र अन्य समूहको सूचक १०.४१ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप