बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्ति कोरोनामुक्त

आइतबार, १४ भदौ २०७७, ०७ : ३६
आइतबार, १४ भदौ २०७७

डिसी – मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महा बाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् ।

गत अगस्त ७ दिन आफू दम्पत्तिलाई कोभिड–१९ भएको सार्वजनिक गरेका थिए । उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो समस्या कसैमा देखिएको छ भने लाज नमानीकन कोरोनालाई गोप्य नराखी समुदायलाई सुसूचित गर्न समेत अनुरोध गरेका थिए

साथै, महाबाणिज्यदूत महतले आफ्नै कोठामा एकान्तवास छोरा डा.सरगम महतको निरिक्षण र निगरानीमा बसेको समेत जानकारी गराएका थिए ।

गत अगस्त ७ मा महतले आफू र आफ्नी जीवन संगिनी कोरोनाबाट अछुतो हुन् नसकेको भनि सार्वजनिक गर्दा बिश्वभरिबाट उहाहरुलाई शिघ्र स्वास्थ्यलाभ र हौशला गर्ने प्रकारका सन्देशहरु हजारौ हजार आएका थिए ।

नेपाली समुदायका हरेक संचार माध्यममा प्रकाशित भएका समाचार मार्फत उहाहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

ठिक त्यसै गरि दम्पत्तिले कोरोनालाई जिते पछि गत अगस्त २८ शुक्रबारका दिन बिहान कोरोनाबाट मुक्त भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

सकारात्मक सोच,आत्मविश्वास र दृढ अभिवृत्तिलाई सदैव आत्मसाथ गर्ने महतले सजिलै कोरोनालाई जितेका छन् ।

आफै रोगसंग संघर्ष गर्दै र थलिदा पनि समुदायलाई साथ र सहयोग गर्न समेत पछि हटेनन् । उनले सामाजिक संजालमा बिश्वभरी रहेका हजारौं हजार ईष्टमित्रहरूको आशिर्बाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने बिश्वमहामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो भनि लेखेका छन् । 

महतले सबैको गहिरो मायाप्रेम,भगवान पशुपतिनाथ र ईष्टदेबी तनहुं अवस्थित ढोर बाराहीमाईको कृपा ठानेका छौं भनि आफ्ना कुराहरु लेखेका छन् ।

महतले नाम किटान साथ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र भर्जिनियाका सामाजिक अभियन्ता परशु तिमल्सिनाको आँखाहरुबाट बगेका आँशुका प्रेमिल थोपाहरूले हाम्रा मुटुहरूलाई भिजायो जुन आँशु हाम्रो शक्तिमा परिणत भयो भनि उल्लेख गरेका छन् ।

उनले कोरोन सानो रोग हैन सानो नमान्नुहोला भनेका छन् । ठूलै पनि हैन नडराउनु भन्दै यसलाई यसलाई व्यवस्थित गरे ठिक हुने र लापरवाही ज्यान जाने पनि हुन् सक्छ भनि सतर्कता अपनाउन आग्रह गरेका छन् । 

उनले चिकित्सक ,स्वास्थ्य परिचारिका र बिश्व स्वास्थ्य संघले दिएका मार्गदर्शनलाई पालना गर्न समेत आग्रह गरेका छन् । उनले अगस्त ७ मा कोरोना लागेमा नलुकाउन आग्रह गरे झैँ पुनः अगस्त २८ का दिन पनि सोही कुरा दोहोर्याएका छन् । 

उनले दुवैजनालाई बिशेष निगरानी राखेकोमा संयुक्त राष्ट्रसंघकी युवा सम्मेलनकी युवा पूर्व अध्यक्ष जोली अमात्यलाई छोरी भन्दै सम्बोधन साथछोरा डा. सरगम महतलाई बिशेष धन्यवाद दिनु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप