बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सडक दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु

बिहीबार, २९ भदौ २०७४, १६ : १५
बिहीबार, २९ भदौ २०७४

दोहा–रोजगारीको लागि कतार रहेका एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ  ।
अर्घाखाँचीका सितगङ्गा गाउँपालीका वडा नं ४  पोकेडाडाका  मधु घर्ति क्षेत्री सडक घाइते भएका थिए । समाल रोडमा दुर्घटनामा परि  घाइते भएका क्षेत्रीको  उपचारको क्रममा  ज्यान गएको हो । बिगत चार बर्ष देखि कतारको एक कम्पनीमा कार्यरत क्षेत्रीका श्रीमती र एक  छोरा रहेको छन् । 
उनि सात महिना अघि बिदामा नेपाल आएर फर्केका थिए ।  मृतक क्षेत्रीको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । कम्पनीले कागजी प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउन अन्तिम तयारीमा रहेको बताइएको छ । कार्तिक एकमा क्षेत्रीको शव नेपाल ल्याईने भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप