मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भयो ‘लकै खराब छ’, गीत रेकर्ड गर्दै काम सुरु

बिहीबार, २९ भदौ २०७४, १५ : ५०
बिहीबार, २९ भदौ २०७४

काठमाडौं – केही काम बिग्रियो, आटेको काम बनेन वा जीवनमा केही अशुभ भयो, भने आममानिसले झट् उच्चारण गर्ने केही शब्द छन् । ति मध्यको एक ‘लकै खराब छ’ पनि हो । 
यहि ‘लकै खराब छ’ शब्दबाट नाम राखेर चलचित्र बन्ने भएको छ । निर्माता अनोज अधिकारीले यो नामबाट चलचित्र बनाउन लागेका हुन् । ‘ब्ल्याक डायरी’बाट निर्माणमा देखिएका अधिकारीले दोस्रो चलचित्रको रुपमा ‘लकै खराब छ’ बनाउन लागेका हुन् । 
एक आस्टिक स्टुडियो नक्सालमा चलचित्रको टाइटल गीत ‘लकै खराब छ‘ रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको छ । प्रमोद ढुंगानाको शब्द, मनोज चौलागाइको संगीत रहेको चलचित्रको टाइटल गीत गायक कौसल राज खड्काको स्वर दिएका छन् ।
क्याट भिजन प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा ४ गीत रहने संगीतकार चौलागाइले जानकारी दिए ।
कमेडी शैलीमा युवाको बिषयबस्तुमा निर्माण हुन लागेको यो चलचित्र सुजन घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको लागि कुमार गजुरेल कलाकारको रुपमा फाइनल भएको र अन्य छनौटको क्रममा रहेको निर्माता अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चलचित्रको दशै तिहार पछि मात्र छायाँकन थालिने छ । 

     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप