शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केही प्रेरक प्रसङ्ग

शनिबार, १३ भदौ २०७७, ०६ : ०६
शनिबार, १३ भदौ २०७७

महान् वैज्ञानिक अबर्ट आइन्स्टाइनको सफलता

वैज्ञानिक अल्बर्ट आइन्स्टाइन काममा अति नै तल्लीन भएर लाग्थे । उनले जुन कार्य सुरु गर्दथे त्यो कार्य पूर्ण गरेर मात्र छोड्थे । एक पटक आइन्स्टाइन शोधपत्र लेख्ने कार्य सकेर क्लिप (कागज च्याप्ने सामान) खोज्न थाले । टेबुल र दराजका सम्पूर्ण स्थानमा खोजिसक्दा पनि क्लिप फेला पार्न सकेनन् र अन्त्यमा उनले एउटा कुनामा बिग्रेको काम नै नलाग्ने पुरानो पेपर क्लिप देखे । उनले त्यो क्लिपलाई मर्मत गरी काम लाग्ने कसरी बनाउने भन्ने जुक्तिबारे सोच्न थाले र बनाउन थाले ।

एकछिन पछि उनका सहायक पनि आइपुगे । आइन्स्टाइन एउटा पुरानो पेपर क्लिप मर्मत गर्न लागेको देखेर उनले दराजबाट एक बट्टा नयाँ क्लिप निकाले र भने महोदय, हामीसँग प्रशस्त क्लिपहरू छन् । तपाईं पुरानो क्लिप बनाउँदै हुनुहुन्छ । त्यसलाई फालेर नयाँ प्रयोग गरे भइहाल्छ नि ।

आइन्स्टाइनले उनको कुरा सुन्दैनसुनी लगातार त्यसैमा लागेर क्लिप तयार गरी छाडे र शोधपत्र च्यापे । उनले आफ्ना सहायकलाई बोलाएर पिठमा स्यावासी दिँदै भने, ‘बाबु हामी जुन लक्ष्यतिर एकाग्र भएर लाग्छौँ त्यसमा निरन्तर लागिरहनुपर्छ । विचलित हुनुहुन्न । मलाई कसैले पनि आफ्नो लक्ष्यबाट विचलित पार्न सक्दैन ।’

 यस भनाइपछि सहायक गम्भीरतापूर्वक सोच्न थाले.. ।

आइन्स्टाइनको स्वभाव

दिनभरिको थकानले एक पटक आइन्स्टाइन नुहाउन भनेर बाथरूम छिरे । छिरेको धेरै समय बितिसकेपछि पनि बाहिरै निस्किएनन् । उनकी बहिनी कोठामा उनको पर्खाइमा थिइन् । अब निस्केलान्, अब निस्केलान् भनेर कुर्दा कुर्दा ननिस्किएपछि उनलाई डर लाग्यो... र ढोका ढक्ढक्याउँदै बोलाइन् ।

केही समयपछि आइन्स्टाइन जस्तो छिरेका थिए उस्तै ननुहाई हातमा टबेल बोकेर बाहिर निस्किँदै भने, ‘आई एम् सरी, म त आफ्नै विचारमा हराउँदा हराउँदै नुहाउन नै बिर्संेछु ।’ यति भनेर फेरि नुहाउन बाथरुम छिरे ।

सुन्दरता 

‘राजा विक्रमादित्य र महाकवि कालीदास बीच वार्तालाप भइरहेको थियो । महाकवि कालीदासलाई राजाले प्रश्न गर्नुभयो ।

 राजालाई कलीदासको उत्तर दिने शैली  असाध्यै  मन पथ्र्याे ।

राजा विक्रमादित्यको राजालाई प्रश्न थियो–

 कविज्यू, तपाईं असाध्यै विद्वान् हुनुहुन्छ । तर तपाईंको शरीर भने बुद्धि जस्तो सुन्दर छैन । यसको कारण के हुन सक्छ.. ?

 प्रश्न पछि राजा उत्तरको प्रतीक्षामा थिए...

 केही बेरमा राजाले सेवकलाई पानी ल्याउन आदेश दिए । कालीदासले सेवकलाई इसारा गर्दै एउटा माटोको भाँडा र अर्काे चाँदीको गिलासमा पानी ल्याउन आदेश गराए । सेवले पानी टक््रयायो । महाकविले राजालाई दुवै गिलासको पानी पिउन आग्रह गरे । आग्रह स्वीकार्दै राजाले दुवै गिलासको पानी पिए ततपश्चात् कालीदासले विनम्रतापूर्वक राजालाई प्रश्न गरे ।

महाराज यी दुईमध्ये कुन चाहिँ गिलासको पानी हजुरलाई  बढी शीतल लाग्यो ? राजाले सरलतापूर्वक  जवाफ दिए– पक्कै पनि  माटोको गिलासको पानी बढ्ता शीतल र केही हदसम्म मीठो पानी रहेको बताए  । जबाफ सुनेर कालीदासले मुस्कुराउँदै जबाफ दिए ।

‘जसरी पानीको शीतलता भाँडाको सुन्दरतामा निर्भर हुँदैन त्यसैगरी मान्छेको बुद्धिको सुन्दरता पनि उसको सुन्दरतामा निर्भर हुँदैन ।’ दुवै प्रश्नको उत्तर पाएपछि राजा अकमक्क परे ।

अब्राहम लिङ्कनको सफलता

अब्राहम लिङ्कन एक साधारण व्यक्ति कसरी राष्ट्रपति भए भन्ने कुरा सबैमा कौतुहलजनक थियो । एक पटक पत्रकारहरू अब्राहम लिङ्कनलाई भेटेर प्रश्न सोध्दै थिए ।

 उनीहरूको प्रश्न थियो– ‘तपाईं एक साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नु भयो ?’

 अब्राहम लिङ्कनले मुस्कुराउँदै ती पत्रकारको प्रश्नको उत्तर दिँदै भने– मैले आफ्नो जीवनको पाइला पाइलामा परीक्षा लिएँ । हरेक असफलताबाट केही न केही नयाँ कुरा सिकेँ । म नहडबढाई सम्हालिएँ र आफ्ना कमीकमजोरी, त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै अघि बढेँ । यस प्रकार म साधारण मानिसबाट आज राष्ट्रपति बनेँ ।

आइन्स्टाइनको महान बन्ने सूत्र

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो, ‘सर आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंको प्रशंसा गर्छन् । तपाईंलाई महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?’

‘लगन’ आइन्स्टाइनले मुस्कुराउँदै भने, ‘यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिएँ तब गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा फेल हुन्थेँ । मैले सजाय पाउँथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थँे ।

एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु ? बस् त्यो दिनदेखि मैले गणितका प्रश्नहरूको समाधान निकाल्न थालेँ । याद राख, म बारम्बार असफल पनि भएँ । साथीहरूले खिल्ली उडाउन छोडेनन् तैपनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । यही लगनले मलाई आज यहाँसम्म पु¥यायो । लगन नै सफलताको सूत्र हो, गुरुमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।’

लगन नै सफलताको सूत्र हो, गुरुमन्त्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप