राष्ट्रिय अन्तरीक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता हुने
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १) तथा विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) को सन्दर्भ पारेर यस पटक पनि राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
नासोले एक वक्तव्यमार्फत सो कुराको जानकारी गराउँदै प्रतियोगिताका लागि आवेदन खुला गरिएको जनाएको छ ।
विद्यालयतहको कक्षा ६ देखि १२ सम्ममा विद्यार्थी लक्षित यी कार्यक्रममा इच्छुक विद्यार्थीहरुले असोज १, २०७७ सम्म नासोको वेइभसाइटमार्फत आफ्नो आवेदन दर्ता गर्न सक्ने जनाइएको छ ।
चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले आवेदन दिन सक्ने नासोले जनाएको छ । नासोका अनुसार, उक्त प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै दोश्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले आवेदन दिन सक्ने छन्। उक्त प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने सहभागीलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० क साथै पदक र प्रमाणपत्र प्रदान गरिने नासोले जनाएको छ।
नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार उक्त दुवै प्रतियोगिताका सबै सहभागीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान