शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरीले दिएको बुद्ध मुर्ति  मेरिल्याण्डस्थित नेपाली मन्दिरमा

बिहीबार, २९ भदौ २०७४, ११ : ०५
बिहीबार, २९ भदौ २०७४

वाशिंगटन डीसी–नेपालका अर्बपति बिनोद चौधरीले दिएको पशुपति बुद्ध मन्दिरको प्राण प्रतिष्ठा समारोह आगामी सेप्टेम्बर १७ मा गरिने भएको छ । उक्त प्राण प्रतिष्ठा समारोहमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की हुने छन् भने विशिष्ट अतिथि बिनोद कुमार चौधरीकी धर्मपत्नी सारिका चौधरी हुने भएकीछन् । 
नयाँबर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको बुद्धको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई प्रदान गरेका थिए । 
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र तथा पशुपति बुद्ध मन्दिरमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण समेत गरिएको छ । लुम्बिनी बगैचाको परिकल्पनाकार महाबाणिज्य दुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महत हुन् । सो बुद्ध प्रतिमा अनावरणपछि सार्बजनिक गरिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप