शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानका प्रशंसकसँग ट्वीटरमा भिडे गायक अमाल मलिक, आखिर के भयो ?

मङ्गलबार, ०९ भदौ २०७७, १० : ४२
मङ्गलबार, ०९ भदौ २०७७

ट्वीटर एउटा यस्तो दुनियाँ हो जहाँ को, कहिले, के कुरामा ट्रोल हुन्छ पत्तै हुँदैन । बलिउड गायक तथा संगीतकार अमाल मलिकमाथि पनि सोमबार त्यस्तै भयो । अमालको नाम अचानक ट्वीटरमा ट्रेन्ड हुनथाल्यो । अनुसन्धान गर्दा थाहा भयो कि सलमान खानका प्रशंसकका कारण उनी ट्रेन्डमा आएका रहेछन् । ट्रोलिङको कारण पनि अचम्मित गरिदिने किसिमकै छ ।

भएको के रहेछ भने, अमालले कुनै अन्तरवार्तामा शाहरुख खान उनलाई सबैभन्दा मनपर्ने नायक भनेका रहेछन् । यत्ति भनेको भरमा सलमान खानका प्रशंसक उनीमाथि जाइलागे । तर अमाल यो ट्रोलिङको शिकार भएपछि  सलमानका प्रशंसकलाई मुखभरीको जवाफ दिएका छन् ।

अमालले ट्वीट गरे, ‘आज संसारले देखेको छ कि यी अनपढ ‘भाइटर्डस्’ को औकात के हो । यो सबै शाहरुख खान मनपर्ने नायक हुन् भनेपछि सुरु भएको हो र यी मूर्खहरु पागल भए । म सलमान खानको इज्जत गर्छु । उनले नै मलाई लञ्च गरेका थिए । तर यसको अर्थ यो होइन कि उनका प्रशंसकको दुर्व्यवहार पनि सहेर बसूँ ।’

अर्को एक ट्वीटमा अमालले लेखे, ‘यी भाइटार्डस्ले मेरो ट्वीट रिपोर्ट गरेर आफ्नो ट्वीट डिलिट गरिरहेको देख्न खुसी लागिरहेको छ । आशा गर्छु, यसमार्फत् मानिसहरुले यो बुझुन् कि तपाईंले कसैलाई उनको रुची परिवर्तन गर्न बाध्य पार्न सक्नुहुन्नँ । तपाईंको आफ्नै छ, मेरो पनि आफ्नै छ । कतिपटक लेख्नुपर्छ । थाहा छैन । यस्तो लाग्छ कि यी मानिसहरु यतिविघ्न इन्सल्ट भएर पनि थाक्नेछैनन् ।’

स्मरण रहोस्, अमाल मलिक अन्नू मलिकका भतिजा र डब्बू मलिकका छोरा हुन् । अमालले आफ्नो साङ्गीतिक यात्रा सलमान खानको फिल्म जय हो बाट सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप