शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ एञ्जिलाको ‘मेरो हरपल’

बुधबार, २८ भदौ २०७४, २२ : १३
बुधबार, २८ भदौ २०७४

काठमाडौं – गायक आशिष गौतम ‘सचिन’ तथा गायिका एञ्जिला रेग्मीको स्वरको यूगल गीत ‘मेरो हलपल तिमी...’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यूट्युब मार्फत सार्वजनिक भिडियोमा चलचित्र अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको अभिनय देख्न सकिन्छ । 


सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको भिडियोमा आकाश र मरिष्काको रोमान्टिक छविलाई चित्रण गरिएको छ । कुलेखानीको आकर्षक लोकेशनमा निर्देशक आचार्यले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिए झैं रोमान्टिक मुडमा प्रस्तुत गरेका छन् । मनमोहक लोकेशन तथा युवा कलाकारको प्रस्तुतीले म्युजिक भिडियो चलचित्रको गीत झैं सुन्दर बनेको छ ।


संगीतकार भीम बिसीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु पनि संगीतकार बीसीले नै रचना गरेका हुन् । राजिव समरको कोरियोग्राफी रहेको यो भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन् । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप