बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिन्ड्रेला नेपाल’ उपाधिका लागि ३० किशोरीको प्रतिष्पर्धा

बुधबार, २८ भदौ २०७४, २२ : ०४
बुधबार, २८ भदौ २०७४

काठमाडौं– ‘सिन्ड्रेला नेपाल–२०१७’ को उपाधि जित्न यतिखेर ३० किशोरी प्रतिपष्र्धा गरिरहेका छन् । ९ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी यस प्रतिभा तथा सौन्दर्य प्रतियोगिताको दोस्रो संस्करण हो । 

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘सिन्ड्रेला नेपाल–२०१७’ मा को अन्तिम प्रतिस्पर्धा आउँदो ८ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । 

अन्तिम प्रतिस्पर्धामा आफूलाई अब्बल देखाउन प्रतियोगीहरु विभिन्न आत्मविकासबारे प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई कोरियोग्राफर तथा मोडल विपना थापाले क्याटवाकदलगायतका ग्रुमिङ कक्षा दिँदै आएकी छन् । कार्यक्रमका संयोजक सुदर्शन सुवेदीकाअनुसार आउँदो शनिबार ट्यालेन्ट शो हुँदैछ । जहाँ प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । 

प्रतियोगितामा सोनाक्षी पोखरेल, मारिया पौडेल, युनिशा लामिछाने, एञ्जेल क्षेत्री, क्रिक्ष्टिना दाहाल, आभा श्रेष्ठ, शायुरी कडरिया, आरिया खड्का, नेन्सी गुप्ता, अनुष्का खड्का, समिरा तामाङ, सुदिता लिङ्देन, डोल्मा शेर्पा, श्रेस्मा प्रसाइँ, स्नेहा पौडेल, इशा शर्मा, स्प्रिया थापा, सुभान्सी पोखरेल, स्नेहा उप्रेती, श्रेस्न विष्ट, सामाना अर्याल, सरस्वती श्रेष्ठ, स्नेहा खत्री, सायाश्री सिवाकोटी, श्रीषा नकर्मी, प्रेरणा शेर्पा र कृपा सुबेदी प्रतिस्पर्धा गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप