सुरक्षा सामग्री उपलब्ध नगराएर सरकारले स्वास्थ्यकर्मीको मनोबल गिरायो : चिकित्सक संघ
काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सुरक्षाका निम्ति आवश्यक सुरक्षाका सामग्रीहरु सहजरुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पछिल्लो समय कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा उपचारमा फ्रन्टलाइनमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै संक्रमणबाट ग्रसित भइ अस्पतालमा भर्ना हुने क्रम निरन्तर बढ्दै गइरहेको भन्दै संघले सो माग गरेको हो ।
महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ रोकथाम व्यवस्थापन गर्दा चिकित्सकहरु समेत संक्रमित हुन गई स्वास्थ्य सेवा प्रवाहमा असर पुग्न गएकोले निजहरुको सुरक्षाका निम्ती आवश्यक सुरक्षाका सामग्रीहरुको सहज रुपमा उपलब्ध गराइ संक्रमित भएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका लागि छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गर्न नेपाल चिकित्सक संघले नेपाल सरकार समक्ष पटक–पटक आग्रह गर्दा समेत सुनुवाइ नगरी सम्पूर्ण चिकित्सकहरुको मनोबल घटाउने कार्यभएकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’
संघले नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिकाबमोजिमचिकित्सकहरुले कोरोना संक्रमितहरुको उपचार गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी र व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) को प्रयोग गरी उपचारमा संलग्न हुन र सम्पूर्ण स्वास्थ्य संस्थाहरुले समेत निर्देशिकामा उल्लेख भएबमोजिमका सुरक्षाका सामग्रीहरु उपलब्ध गराई स्वास्थ्य सेवामा खटाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका