शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बित्थैमा जीवन बितेछ : मार्क्स

मङ्गलबार, ०२ भदौ २०७७, २२ : २२
मङ्गलबार, ०२ भदौ २०७७


गडगडाहट नदीमा नाउ खियाउन तम्तयार भएर बसेका एउटा माझी छन् । पारिपट्टि जान भनेर एकजना दार्शनिक नाउमा चढ्छन् । उनीहरुबीचमा तलको संवाद हुन्छ :

दार्शनिक : माझी दाइ, इतिहासबारे तपाईंलाई कुनै जानकारी छ ?

माझी : अहँ, छैन त ।

दार्शनिक : उसो भा’ तपार्इंले आधी जिन्दगी बित्थैमा बिताउनु भ’छ ।

दार्शनिकले थप कौतुहलता राखे :

दार्शनिक : तपाईंलाई हिसाबकिताब आउँछ ?

माझी : अहँ, आउँदैन ।

दार्शनिक : उसो भा’ तपार्इंको आधाभन्दा बढी जीवन त बित्थैमा बितेछ ।

दार्शनिकले यति भन्न के पा’का थिए अकस्मात भयानक आँधीबेहरी आयो र नाउलाई लपेटो । नाउ उल्ट्यो । दुवै जना पानीमा छ्याप्लाङ्ग छुप्लुङ्ग गर्न थाले । त्यस पछि,

चिच्याउँदै माझी : तपाईंलाई पौडिन आउँछ ?

दार्शनिक : अहँ, आउँदैन ।

माझी : उसो भा तपाईंको पूरै जिन्दगी बित्थैमा बितेछ ।

(यो संवाद १८८२ मा मार्क्सले अल्जियर्सबाट छोरी लौरालाई लेखेको पत्रबाट । शीर्षक अनुवादकको ।)

अनु. टङ्क कार्की

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कार्की
टंक कार्की
लेखकबाट थप