साइप्रसमा ‘२ रुपैयाँ’ले खोल्यो खाता
समिम मियाँ
साइप्रस । गत शुक्रबारबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ साइप्रसमा पनि प्रदर्शन हुने भएको छ । सर्वाधिक चचित गीत ‘कुटूमा कुटु सुपारी दाना’ रहेको यो चलचित्र २४ सेप्टेम्बरका दिन लिमासोल स्थित रियो सिनेमा प्लाजामा प्रदर्शन हुने भएको हो ।
साइप्रसमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको यो नै पहिलो हो । नेपाली चलचित्रको प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘२ रुपैयाँ’ प्रदर्शन गर्न लागिएको आयोजक मध्यका एक ओमि सुरीले बताए ।
भविस्यमा हरेक महिना एक नेपाली चलचित्र प्रदर्शन गर्ने योजना सहित यो चलचित्र प्रदर्शन गर्न लागेको सुरीको भनाई रहेको छ । प्रदर्शनमा ‘२ रुपैयाँ’ हेर्न टिकट ८ युरोतय गरिएको छ ।
असिम शाहको निर्देशन रहेको चलचित्रमा निश्चल बस्नेच, असिफ शाह, बुद्धि तामाङ लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको स्वदेश प्रदर्शन भने सोचे जस्तो सुखद बन्न सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपणपछि पनि सगरमाथाको शिखर चुमेका पेम्बा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन
-
केप भर्डे र साउदी अरेबिया पहिलो हाफमा गोलरहित
-
मनभित्र रिस दबाएर राख्दा हुन सक्छ अटोइम्युन डिजिज
-
पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई अग्रता
-
गोलबजार नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण