यस्तो छ सिङ्गापुर बनाउने वाचा गरिएको जनकपुरको रियालिटी (फोटोफिचर)
जनकपुर । प्रदेश नम्बर २ मा रहेका ३ उपमहानगर मध्ये एक जनकपुर अस्तव्यस्त छ । नेपालकै चर्चित धार्मिक तथा पर्यटकीयस्थल रहेको जनकपुर पुग्दा सबैले महसुस गर्ने पहिलो कुरा भनेको त्यहाँको दुर्घन्ध हो ।
जनकपुर पुग्ने जो कोहीलाई ओलेर्ने बित्तिकै त्यहाँ फोहोरको डङ्गुरले स्वागत गर्छ ।
सडकका छेउछाउ फोहोर थुप्रिएर रहेका छन् । स्थानीयवासीका अनुसार यसरी फोहोरको उचित व्यवस्थापन हुन छाडेको लामो समय भइसक्यो ।
साँधुरा सडक, त्यसमाथि पनि ढल र निकासको उचित व्यवस्था नहुँदा सडक जलमग्न छ । एक ठाउँदेखि अर्को ठाउँसम्म जान उपमहानगरवासीले दैनिक ठूलै संघर्ष गर्नुपर्छ ।
अस्तव्यस्त बजार जनकपुरको अर्को विशेषता हो । सडकको छेउमै जमेको पानी, त्यसैको छेउमा थापिएका स–साना पसलले सवारी आवगमनलाई प्रभावित पारिरहेका हुन्छन् ।
एउटा महानगरमा हुनुपर्ने विशेषता जनकपुरमा कमै मात्र भेटिन्छ ।
स्थानीय वासिन्दाहरु असोज दुईमा हुने तेस्रो चरणको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएपछि जनकपुरको अवस्था फेरिनेमा आशावादी छन् ।
उपमहानगरको मेयर पद उम्मेदवारहरु आफू निर्वाचित भए जनकपुरलाई सिङ्गापुर बनाउने सपना बाँडिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण