मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्रसिंह धोनीद्वारा सन्यास लिने घोषणा

शनिबार, ३१ साउन २०७७, २३ : ३८
शनिबार, ३१ साउन २०७७

एजेन्सी । भारतीय क्रिकेट जगतका सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

धोनीले शनिबार आफ्नो इन्स्टाग्राममा लेखेका छन्– ‘तपाईंहरुको प्रेम र सहयोगका लागि धन्यवाद, साँझ ७ः२९ बाट म रिटार्यड हुँदैछु ।’ योसँगै भारतीय क्रिकेट जगतमा पछिल्ला १५–१६ वर्षयता एकछत्र चल्दै आएको धोनीको चामत्कारिक युगको अन्त भएको छ । यद्यपि, सन्यास लिने घोषणा गरेपनि उनी एकपटक फेरि आइपीएलमा चेन्नई सुपर किंग्सको रुपमा मैदानमा भने उत्रिनेछन् । 

उनी भारतीय क्रिकेट जगतमा सबैभन्दा सफल कप्तान हुन् । विश्व क्रिकेटमा पनि धोनी एक मात्र यस्ता कप्तान हुन्, जसले आइसीसीका तीनै ठुला ट्रफीहरु हात पार्न सफल भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप