रौतहटमा भदौ ७ सम्म निषेधाज्ञा जारी
रौतहट । रौतहटमा भदौ ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । शनिबार स्थानीय प्रशासनले निषेधाज्ञाको समय ७ दिन थप गर्दै भदौ ७ गतेसम्म पुर्याएको हो । रौतहटका सिडियो ईन्द्रदेव यादवको अध्यक्षतामा शनिवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिएको हो । यसअघि साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
कोभिड १९ बाट संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना समेत उच्च रहेकाले जिल्ला सुरक्षा समितिको बैठकले अगामी भदौ ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको सिडियो यादवले जानकारी दिए ।
निषेधाज्ञा थप गरिएको अवधिमा नागरिकको सहजताको लागि भदौ १ गते, ३ गते र ५ गते बिहान ६ बजेदेखि ९ बजे सम्मसर्तसहित अत्यावश्यक खाद्यान्न पसल खोल्न निर्देशन दिइएको छ । पसल र उपभोक्ताले अनिवार्य मास्क, सेनिटाईजर तथा पञ्जाको प्रयोग गर्नुपर्ने, भौतिक दुरीको ब्यवस्था मिलाउनुपर्ने पनि बैठकले निर्णय गरेको छ ।
निर्णयको बेवास्ता गर्नेलाई संक्रामक रोग एन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी