बारामा दुई लाख बढी रुपैंयासहित ७ जना जुवाडे पक्राउ
बारा। बाराको जितपुर सिमरा उमहानगपालिका २ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधले संचालन गरेको सगुन होटेलमा प्रहरीले शनिवार सांझ छापामारी गरेको छ ।
उक्त होटलमा छापामारेपछि लाखौं नगद सहित ७ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा होटेलको तेस्रो तल्लाको कोठा न २०५ मा ईप्रका सिमराका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरको नेतृत्वको टोलीले छापा मारेको थियो ।
उक्त स्थानबाट २ लाख १९ हजार ५०० रुपैया नगद, १६ थान कौडा र ७ जना जुवाड्व पक्राउ परेका बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए ।
पक्राउ पर्नेमा जितपुर १५ को ५१ वर्षीय मानबहादुर लोपचन, सोही ठाउँका मान बहादुर गुरुङ, वडा १ का ताराबहादुर श्रेष्ठ , परवानिपुर गाउँपालिका ८ का जयराम दास, कलैया २ का बिनोद यादव , सल्यान बाढिमलिका नगरपालिका ८ का भुवन चन्द, सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका ७ का पदम नेवार पक्राउ रहेका छन् ।
पक्राउ परेका सबै जना ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी