गुल्मीमा एक पुरुषको शव फेला
शनिबार, ३१ साउन २०७७, १७ : ०२
गुल्मी । गुल्मीको अर्जैमा एक पुरुषको शव फेला परेको छ । हिजो बिहान करिव १० बजेको समयमा खेतमा कुलो लगाउन घरबाट हिँडेका मालिका गाउँपालिका वडा नम्वर ६ अर्जै पौवाका ५० बर्षीय ईस्वरीप्रसाद अर्याल अजैवेसी फाँटको कुलोमा मृतावस्थामा फेला परेका हुन् ।
अहिले सदरमुकाम तम्घासको जिल्ला अस्पतालको अर्यालेको शव पोष्मार्टम गरी पठाउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी एवंम नेपाल कम्यु्निष्ट पार्टी (नेकपा ) का जिल्ला नेता शेषकान्त गौतमले कुलोमा शव फेला परेको तर कसरी मृत्यु भयो भन्ने कुरा खुल्न नसकेको बताए ।
मुखमा सामान्य चोट रहेको तर शरीरका अन्य भागमा कुनै चोट पटक नलागेको मृतकका आफन्त शेषकन्त लम्साललले बताए । मृतककी श्रीमति , तीन छोरीहरु र ५ बर्षीय छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ