शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्फिनिक्स नोट ७ नेपाली बजारमाः विशेष क्यामेरासहितका यस्ता छन् विशेषताहरु

शुक्रबार, ३० साउन २०७७, १७ : ५१
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको नोट ७ (Note 7) सिरिज लन्च गरेको छ । 

इन्फिनिक्सको नोट ७ सिरिजमा 48MP Quad क्यामेरा जडित छ र यसले कम प्रकाश भएको ठाँउमा पनि हाई क्वालिटीको फोटो खिच्छ । साथै यसमा MediaTek Helio G70 chipset and 6.95” HD+Infinity-O Display जडित छ । 

यस नोट ७ सिरिजमा ४जीवी र्याम छ भने १२८ जीवी स्टोरेज मेमोरी छ । नोट ७ सिरिज अगस्ट १२देखि बजारमा उपलब्ध छ । यस स्मार्टफोन हरियो, कालो र निलो गरेर तीन वटा मनमोहक रंगहरूमा उपलब्ध छ ।

नोट ७मा ४८एमपी क्वार्ड क्यामेरा जडित भएकोले प्रयोगकर्ताहरूले प्रकाशको मात्रा धेरै वा थोरै भएको र विशेष गरी कम प्रकाश भएको ठाँउमा पनि धेरै नै राम्रो फोटो खिच्न सक्छन् । नोट ७ ले डिटेल क्याप्चर गर्न तथा स्पष्ट र जीवन्त सौन्दर्यको भान हुने फोटो खिच्न सक्ने कम्पनीको दावी छ ।

इन्फिनिक्सका लागि नेपालको आधिकारकि वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले स्मार्टफोनको बिक्री वितरणपश्चात आवश्यक पर्ने सेवाहरूमा विशेष चासो दिने बताएको छ ।

यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले 30fps, pixel2.8μm मा फ्ल्यास बिना नै कम प्रकाश भएको ठाँउमा पनि हरेक डिटेल र कलर क्याप्चर गर्छ । अरु भन्दा पृथक रहेको यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले यस नोट ७ लाई अन्य स्मार्टफोनहरूको भिडमा सबैभन्दा छुट्टै रहेको पहिचान दिन्छ । यहि बीचमा, यसमा AI Image stabilisation प्रविधि रहेको छ र प्रयोगकर्ताहरूले नाइट मोड प्रयोग गरेर कम प्रकाश भएको अवस्थाहरूमा पनि ब्लर बिनाको फोटोहरू खिच्न सक्छन् । यसमा 16MP front क्यामेरा छ र यसको प्रयोगले एक सेकेण्डमा नै सेल्फीलाई एउटा राम्रो तस्विरमा परिणत गर्न सकिन्छ । 

6.95’’ HD + Infinity-O display and MediaTekHelio G70 CPU performance भएकोले यस नोट ७ दैनिक काममा कुशल हुन चाहने र फोनमा गेम खेल्ने रुचाँउने प्रयोगकर्ताहरूका लागि उपयुक्त फोन हो । यस फिचरले फोनमा देखिने दृश्यले उत्कृष्ट अनुभव दिलाउँछ भने धेरै कार्य एकैसाथ सजिलै रुपमा गर्न सहयोग पु¥याउँछ । चाहे भिडियो कल गर्दा होस् या गेम खेल्दा वा मन पर्ने भिडियो हेर्दा होस् या अरु नै फिचर चलाउँदा । 

यसमा 5000mAh ब्याट्री भएकाले नै प्रयोगकर्ताहरूले धेरै समय सम्म फोन चलाउन सक्छन् । यसको 18Wsuper-fast charge अर्को फिचर हो जुन उपभोक्ताहरूको द्रुत गतिको जीवनशैलीसँग मेल खान्छ । 

मूल्य
नोट ७ को मूल्य २१ ह्जार नौं सय ९९ तोकिएको छ । ह्यान्ड सेटका लागि १ वर्ष र ब्याट्री र चार्जरका लागि छ महिनाको वारेन्टी तोकिएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप