शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा र डा.सन्चो क्लिनिक बीच सम्झौता, कर्मचारीलाई स्वास्थ्य सम्बन्धी परामर्श दिइने

शुक्रबार, ३० साउन २०७७, १६ : ५८
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 

अब कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्नेछन् । बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरि सकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप