बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘रहरै भो’ श्रृङ्खलमा ‘ट्युसन कान्ड’

शुक्रबार, ३० साउन २०७७, १६ : ३७
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । पछिल्लो समय समसामयिक विषयमा निर्माण भएका थुप्रै श्रृङ्खला युटयुव टिभीमार्फत सार्वजनिक हुन थालेका छन् । ती मध्येको एक हो ‘रहरै भो’ । ‘रहरै भो’ श्रृङ्खला युट्युव टिभी चुईचुई पारेर मार्फत सार्वजनिक भएको हो । श्रृङ्खलामा मुकुन्द मैनाली, लक्ष्मी नाथ तिमिल्सेना, उत्सव केसी, सुस्मा ढकाल, सुमन ढकाललगायतको अभिनय रहेको छ । 

श्रृङ्खलाको दोस्रो भाग यतिखेर चर्चामा रहेको छ । ‘ट्युसन कान्ड’ विषयबस्तु बनाइएको यो भागलाई धेरै मनपराएको निर्माण सल्लाकार समेत रहेका कलाकार उत्तम केसीले बताए । श्रृङखलामा ट्युसन पढाउने टिचर विद्यार्थीको विषयवस्तु समेटिएको छ । 

हास्य कलाकार उत्तमको अलवा दमन रुपाखेती निर्माण सल्लाकार रहेको श्रृङखला दुर्गा केसीले निर्माण गरेकी हुन् । ज्ञानकुमार कडेलको छायाँकन रहेको श्रृखलामा प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप