बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका तरुण नेता-कार्यकर्तालाई लिदी पहिरो प्रभावितको उद्धार र राहतमा खटिन बस्नेतको निर्देशन

शुक्रबार, ३० साउन २०७७, १६ : ११
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सिन्धुपाल्चोक मातहतका कार्यसमितिहरुलाई जुगल गाउँपालिकास्थित लिदीमा गएको पहिरो प्रभावितको राहत तथा उद्धारमा खटिन निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकमा रहेका तरुणका जिल्ला, क्षेत्र, पालिका र वडा समितिलाई लिदी पहिरो प्रभावितहरुको उद्धार, राहात र स्थानान्तरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

लिदीका जनताले पटकपटक बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिन आग्रह गर्दा पनि स्थानीय सरकारी निकाय जिम्मेवार नबन्दा भगावह अवस्था आएको तरुण दलले भनेको छ ।

आम जनताको माग प्रति गैरजिम्मेवार हुनेलाई हदैसम्मको कारबाही गर्न अध्यक्ष बस्नेतले जोडदार माग गरे ।

 बेपत्ताहरुको यथाशीघ्र खोजी, घाइतेहरुको उपचार र जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई तरुण दलले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप