शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजबाट कृष्ण मल्लको ‘श्रीमती जिन्दावाद’

शुक्रबार, ३० साउन २०७७, १५ : ५५
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । विभिन्न हास्य सिरियलहरुले  बजार पिटिरहेको समयमा अर्काे एक सिरियल ‘श्रीमती जिन्दावाद’ पनि थपिने भएको छ । आज शुक्रवार साँझ ५ वजेदेखि ग्लोबल ओरेन्ज टिभीको युट्युव सिरियल धारावाहिक रूपमा प्रसारण हुन लागेको हो ।

कलाकार कृष्ण मल्लको निर्देशनमा रहेको सिरियल हास्यरसमा निर्माण भएको छ । १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको यो सिरियल त्यतिबेला दर्शक माँझ लोकप्रिय थियो । दर्शकको चाहना र बदलिँदो परिस्थिति अनुरूप फेरि डिजिटल प्लेटफर्ममा ल्याउन लागिएको निर्देशक मल्लले जानकारी दिए । 

विशुद्ध मनोरञ्जन पस्कने उद्देश्यले निर्माण भएको स्वस्थ, सौन्दर्य र सामाजिक परिवेशका बिषय उठाइएको सिरियलका निर्माता राजन घिमिरे हुन् । सिरियलमा कृष्ण मल्ल, शर्मिला मल्ल, रमेश बुढाथोकी, सुभाष गजुरेल, नारायण त्रिपाठी, स्व.भिमबहादुर थापा, निला बस्नेत, रवि डङ्गोल, उत्तम केसी, पल्लवी भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक कृष्ण मल्ल अहिले अर्काे सिरियल ‘तातो न भुत्लो’ को तयारीमा छन् । छिट्टै यो सिरियल निर्माण हुने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप