शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा खोलाले मालबाहक ट्रक बगायो

शुक्रबार, ३० साउन २०७७, १४ : ३६
शुक्रबार, ३० साउन २०७७

बुटवल । गुल्मीमा पहिरोसहित आएको बाढीले रोकिराखेको मालवाहक ट्रक बगाएको  छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार बुटवलदेखि बागलुङको बहटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्बर ६ मा डहरे ठाडो खोलामा आएको बाढीले ट्रक बगाएको छ ।

ठूलो बाढी आएपछि ट्रक रोकेर चालकहरु साईट लागेका थिए । उक्त ट्रक बाढीले करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ । बगाएको  ट्रकको क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप