बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुशान्तको खाताबाट १५ करोड निकालिएको पुष्टि तर रियाको खातामा प्रत्यक्ष गएको देखिएन

शुक्रबार, ३० साउन २०७७, १४ : २६
शुक्रबार, ३० साउन २०७७

सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीमाथि छानबिन जारी छ । यसैबीच प्रवर्तन निर्देशनालय (र्डडी) सँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले सुशान्त सिंह राजपूतको खाताबाट रिया चक्रवर्तीको खातामा कुनै प्रकारको डाइरेक्ट ट्रान्जेक्सनको कुनै प्रमाण नभेटिएको जानकारी दिएको छ । यद्यपि, सुशान्तको खाताबाट १५ करोड भारु निकालिएको पुष्टि भने भएको जानकारीमा उल्लेख छ । ईडीले आखिर त्यो पैसा कसको खातामा जम्मा भएको थियो भन्ने जानकारी बटुल्न लागीपरेको छ ।

नेट बैंकिङ, डेबिट कार्डबाट भएको ट्रान्जेक्सनको अनुसन्धान जारीः

मुम्बई मिररको खबर अनुसार सुशान्तको खाताबाट नेट बैंकिङ र डेबिट कार्डबाट भएको लेनदेनको अनुसन्धान अहिलेसम्म पनि जारी छ । ईडीसँग जोडिएको एक स्रोतका अनुसार यो निकासीको म्यापिङ गरेर पैसा कहाँ गयो र यसको पछाडिको उद्देश्य के थियो भनेर पत्ता लगाउन मद्दत मिल्नेछ । स्रोतले भारतीय मिडियासँग भन्यो, ‘डेबिट कार्ड र नेट बैंकिङको प्रयोग कसले गरिरहेको थियो भनेर हामी अनुसन्धान गरिरहेका छौं । जसलाई पिन र पासवर्ड थाहा छ, उसैले यो लेनदेन गर्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप