तराई–मधेस अझै डुबानमा (फोटोफिचर)
बुधबार, २८ भदौ २०७४, ११ : १५
काठमाडौँ । तराई मधेसमा बाढी आएको आज ठीक महिना बितेको छ तर बाढी पीडितहरुको पीडा कम भएको छैन । उनीहरु अझै राहतको पर्खाइमा रहेका छन् । चुनावी रौनकले छप्पक्क छोपेको बेला बाढी पीडितबारे न राज्यलाई सोच्ने फुर्सद छ न कुनै राजनीतिक दललाई ।
सबै शक्ति चुनावमा होमिएको कारण राहत नपाएर बाढी पीडितहरु झन् पीडामा छन् । अझै भत्केका घरहरु ठाडिएको छैन भने कतिपय ठाउँका घर तथा खेतहरु अझै डुबानमा रहेका छन् ।
सबभन्दा मानवीय क्षति भएको रौतहटमा अझै घरहरु डुवानमा छन् । त्यहाँका स्थानीय वासीहरु अहिलेको पनि अर्काको घरमा शरण लिएर बसेका छन् । तर, चुनावी एजेण्डा बनेका छैनन्, बाढी पीडित ।
हामी रौतहट पुग्दा घर तथा खेतहरु अझै डुबानमा थिए ।
बाँकी हेर्नुस् तस्विरमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव