रौतहटमा थप २४ जनामा कोरोना संक्रमण, अस्पताल भरिए
रौतहट । रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ । त्यसैगरी परोहा नपाका ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित हुनेमा एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन् । जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहले नर्सिङ क्याम्पस आईसोलेसनमा बेड खाली नरहेकाले स्थानीय प्रशासनको समन्वयमा पोलिटेक्निकल क्याम्पस धरहरिमा तत्काल ३ सय बेडको आईसोलेसन निर्माण गर्ने काम सुरु गरिने बताए ।
आईसोलेसन निर्माणमा केहि समय लाग्ने भएकाले संक्रमितलाई त्यसबेलासम्म सुरक्षित रुपमा होम आईसोलेसनमा बस्न डाक्टर साहले अनुरोध गरेका छन् । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन