शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारीलाई साढे सात वर्ष कैद

बिहीबार, २९ साउन २०७७, २२ : २३
बिहीबार, २९ साउन २०७७

दमौली । जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले साढे सात वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको आजको इजलासले घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो ।

साथै पीडित महिलालाई पीडकबाट रु ५० हजार क्षतिपूर्ति तिराउने फैसला भएको अदालतका निमित्त स्रेस्तेदार जीवन पौडेलले जानकारी दिए ।

घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए । निजविरुद्ध विसं २०७६ फागुन २ गते  अदालतमा जबर्जस्ती करणी गरेको भनी मुद्दा दर्ता भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप