बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा प्रारम्भिक शेयर निष्काशन गर्ने

बिहीबार, २९ साउन २०७७, १७ : ५५
बिहीबार, २९ साउन २०७७

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणमा रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु. ६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरेपश्चात् कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

सार्वजनिक निष्काशन गरिने ६३,००,००० कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३,१५,००० कित्ता शेयर, नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सामुहिक लगानी कोषको लागि ३,१५,००० कित्ता शेयर र बाँकी ५६,७०,००० कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिनेछ । 

बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुनेछ ।

कम्पनीले बजारको मागअनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको छ । साथै डिजिटाइजेशनलाई समेत आत्मसाथ गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप