बर्दियामा निषेधाज्ञा तीन दिन थप
बिहीबार, २९ साउन २०७७, १६ : ०१
बर्दिया । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।
बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना देखिएकाले त्यहाँका कर्मचारीको तत्काल पिसिआर परीक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदासम्म बैंक बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’