बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडामा ट्रक र अटो ठोक्किँदा २ जनाको मृत्यु

बिहीबार, २९ साउन २०७७, १५ : ५७
बिहीबार, २९ साउन २०७७

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो  ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार हेटौंँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंँडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो  ठोक्किँदा दुर्घटना भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका ५ डिल्लीपुरका करीब ३२ वर्षीय बाबुराम रुम्बा र  ३५ वर्षीय अमृत लोप्चन छन् । घाइते अटो चालक मनहरी– ५ वसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप