शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकले विस्तार गर्‍यो २ नयाँ एक्सटेन्सन काउण्टर

बिहीबार, २९ साउन २०७७, १५ : ३२
बिहीबार, २९ साउन २०७७

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्सटेन्सन काउण्टर दोलखामा स्थापना गरेको छ । बैंकले छैटौं एक्सटेन्सन काउण्टर दोलखाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना गरेको छ भने सातौँ एक्सटेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा स्थापना गरी संचालनमा ल्याएको छ ।

यी २ नयाँ एक्सटेन्सन काउण्टरका स्थापनासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्सटेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंंकिङ एजेन्टहरु पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप