काठमाडौंको कागेश्वरी मनोहरामा १५ वर्षीया किशोरी बलात्कृत
बिहीबार, २९ साउन २०७७, १४ : ४४
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ ।
गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर