आजदेखि काठमाडौं भित्रिन र बाहिरिन कडाई, सवारी पास बन्द
बिहीबार, २९ साउन २०७७, १४ : ०६
काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जनाएका छन् । कोरोना भाइरस संक्रमण बढेसँगै अन्तरजिल्ला प्रवेशमा कडाई गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने