राममन्दिर ट्रस्टका अध्यक्षलाई कोरोना, अक्सिजन सिलिन्डर मगाइयो
एजेन्सी । भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । ८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए । बिहीबार बिहान अचानक उनको अवस्था बिग्रियो । जाँच गर्दा कोरोना पोजेटिभ देखियो ।
उनी मंगलबारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । उनका शिष्य धमेन्द्र दासका अनुसार सास लिनमा अफ्टेरो भएपछि अक्सिजन सिलिन्डर पनि मगाइएको छ । औषधी सेवन गरेपछि ज्वरो घटेको र अवस्था चिन्ताजनक नरहेको धमेन्द्र दासले बताए ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फोनमार्फत महन्थको स्वास्थ अवस्थाबारे बुझेका छन् । योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेर महन्थलाई मेदन्ता अस्पतालमा भर्ना गर्न भनेका छन् ।
श्रीकृष्ण जन्मभूमी न्यासका पनि अध्यक्ष
महन्थ नृत्यगोपाल श्रीकृष्ण जन्मभूमि न्यासका पनि अध्यष हुन् । कृष्ण जन्माष्टमीमा बुधबार राती श्रीकृष्ण जन्मस्थानमा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए । उनी हरेक वर्ष यस कार्यक्रममा सहभागी हुन्छन् । यसपटक अयोध्याबाट पवित्र सरयू जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन