शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि फिल्म निर्माण गर्दै पूजना

बिहीबार, २९ साउन २०७७, १२ : १६
बिहीबार, २९ साउन २०७७

काठमाडौं । अभिनेत्री पूजना स्त्रीले फेरि फिल्म निर्माणमा जुटेकी छन् । केही पहिले ‘चकलेट’ फिल्म निर्माण गरेकी  पूजनाले अहिले नयाँ फिल्मको कार्य थालिसकेकी छन् ।  उनले निर्माण गर्ने फिल्मको अहिले कथा लेखन सकिएको छ । केही दिनमै फिल्मका लागि गीत रेकडिङ हुने र कलाकार छनौट गरिने उनले बताइन् ।

फिल्म ‘चकलेट’पछि पर्दामा पनि नदेखिएकी पूजना अभिनित पछिल्लो फिल्म ‘नालापानी’ प्रदर्शनमा आउन बाँकी रहेको छ । एकसमय बोल्ड दृश्य दिएर चर्चामा रहेकी पूजानाको श्रीमान् लगायत केही फिल्मले राम्रै सफलता हात परेका थिए । अभिनय क्षमता भएपनि फिल्मका निर्माता निर्देशकसँग कामको लागि हात नजोड्ने बानीका कारण  केही अभिनेत्रीपछि परेका छन् हाम्रो फिल्म क्षेत्रमा । ती मध्यकी एक पूजना पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप