बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कमेडीमा च्याम्पियन हिमेशले पाए कार

बिहीबार, २९ साउन २०७७, ११ : ०५
बिहीबार, २९ साउन २०७७

काठमाडौं । कमेडीमा आधारित नेपालकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले उपहारस्वरुप कार प्राप्त गरेका छन् । गतवर्षको अन्त्यतिर आयोजित अन्तिम स्पर्धामा उनी प्रतिस्पर्धी प्रतियोगी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए ।

विजेता भएको करिब ६ महिना पछि पन्तले कार उपहार पाएका हुन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बीच कार हस्तान्तरण गरेका छन् ।
उक्त कारको मूल्य २५ लाख रुपैयाँ पर्ने बताइन्छ ।

यसैबीच कमेडी च्याम्यिनको दोस्रो सिजन केही समयपछि सुरु हुँदैछ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराईले निरन्तरता पाउने छन् । 
कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले सञ्चालन गर्ने निर्माण युनिटले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप