सुनको मूल्य तोलामा २४ सय रुपैयाँ बढ्यो
बिहीबार, २९ साउन २०७७, १० : ५४
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै