शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला तस्करीमा संलग्न सबै अरोपी धरौटीमा छुटे, एसएसपीको चलखेल

बिहीबार, २९ साउन २०७७, १० : ०२
बिहीबार, २९ साउन २०७७

 काठमाडौँ । चितवन कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा विष्णुगोपाल बतासले प्रत्यारोपण गराएको ‘मिर्गौला तस्करी’मा संलग्न आरोपी धरौटी बुझाएर रिहा भएका छन् ।  

०७६ जेठमा बतासलाई कानुन विपरित मिर्गौला प्रत्यारोपण गराउने समूहका डाक्टरसहित १३ जना ‘मिर्गौला तस्कर’को आरोपमा प्रहरीले पक्रेको थियो ।

जिल्ला अदालत ललितपुरले रेश्मा राई, जमुना बतास र योगेन्द्रराज थपलियालाई जनही ४ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । धरौटी रकम बुझाउन नसकेपछि रेश्मा राईलाई थुनामा पठाइएको छ ।
 
ललितपुर महानगरपालिकाका वडा नम्बर– ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जन ५० हजार धरौटी बुझाएर रिहा भएका छन् । भीम प्रसाद खनाल फुल्देल ५५ हजार धरौटीमा रिहा भएका छन् ।

डा. राकेश कुमार बर्मा, नवराज केसी, राजकुमार केसी, रामचन्द्र ढकाल, रमेश काफ्ले, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती ५० हजार धारौटीमा रिहा भएका छन् ।

मिर्गौला बेच्ने सन्तोष राई २० हजार धरौटीमा रिहा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीको मानव वेचविखन अनुसन्धान ब्युरोले ‘मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४’ अनुसार चलाएको सो मुद्दाको शीर्षक परिवर्तन गरेर ‘मानव शरीरको अंग प्रत्यारोपण’ ऐन अनुसार मुद्दा परिवर्तन गरेपछि आरोपीहरु धरौटीमा रिहा भएका हुन् । 

प्रत्यारोपण ऐन–०५३ अनुसार बेचविखनमा भन्दा आधा कम सजाय हुन्छ । ललितपुर महानगरपालिका वडा नम्बर–३ का अध्यक्ष महर्जनलाई जोगाउन मानव बेचविखन व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डा. देवबहादुर बोहरा र जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखले मुद्दा शीर्षक परिवर्तन गरेको पाइएको छ ।

 मिर्गौला दिने पीडित सन्तोष राईको सुराकको आधारमा प्रहरीले सो मुद्दा अनुसन्धान गरेको थियो । तर, पछि प्रहरीले राईलाई नै मुद्दा लगायो । सूचना दिनेलाई नै मुद्दा लगाएपछि अबका दिनमा मिर्गाौला तस्करीका सूचना लिएर पीडित प्रहरीकहाँ आउन डराउने भन्दै अनुसन्धानमा संलग्न अधिकृतहरुले चिन्ता व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप