शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहीबारको तपाईंको भाग्यफल यस्तो छ

बिहीबार, २९ साउन २०७७, ०५ : ५३
बिहीबार, २९ साउन २०७७

वि.सं.२०७७ साल साउन २९ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–नवमी,०९ घडी ५२ पला,बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी,५४ घडी ११ पला,रातको ०३ बजेर १४ मिनेट उप्रान्त मृगशिरा । योग–ध्रुव,०८ घडी ३७ पला,बिहान ०९ बजेर ०० मिनेट उप्रान्त व्याघात । करण– गर,बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–वृष । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३२ घडी ५० पला । गुँगा नवमी। ललितपुरमा भीमयात्रा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने  हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गीत संगित क्षेत्रमा रुची बढ्ने हुदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गती सँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारकै शिलशिलामा कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाइ लेखाइमा मन अली बढी समय लगानी गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्का विच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु हावि हुनाले हरेक कामहरु प्रभावित हुनेछन्  । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआने हुनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरु पुनह बल्झने हुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा एक अर्का बीच बैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ भने आफन्त तथा मावलि पक्षसँग बिवाद बढ्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विगतका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पती हात लागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउदै आम्दानिमा बृद्धि गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कषि तथा सहकारी व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विच मायाको गाठो कसिलो भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप