शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रियस्तरमा आलोचना हुन थालेपछि बोल्यो रुस

बुधबार, २८ साउन २०७७, २३ : २१
बुधबार, २८ साउन २०७७

एजेन्सी । रुसले आफुले निर्माण गरेको कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रिय चिन्ताको ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । मंगलबार रुसले कोरोना भ्याक्सिन निर्माण गरि दर्ता गरिएको घोषणा गरेको थियो । जुन भ्याक्सिनलाई २ महिनासम्म मानिसमा परीक्षण गरिएको र अनुमोदन गरिएको जनाइएको छ । तर विज्ञहरुले भने रुसको यो दाबीमाथि शंका गर्दै आइरहेका छन् ।

विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रुसको यो दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् । बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’

रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ । मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पहिलो कोरोना भ्याक्सिन निर्माण गरेको जानकारी दिएका थिए । पहिलो खोप उनले आफ्नै छोरीलाई दिइएको बताएका छन् । विश्व स्वास्थ्य संगठनले भने यो खोपको समीक्षा गर्न रुसी अधिकारीहरुसँग सम्पर्क अघि बढाएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले अहिले विश्वमा निर्माण भैरहेका मुख्य ६ वटा खोपहरुको अनुगमन गरिरहेको छ । जुन खोपहरुको विकासको चरणमा रहेका छन् । तर रसियाले निर्माण गरिरहेको खोपलाई भने समावेश गरेको थिएन । रसियाले सो खोपको नामा ‘स्पुतनिक’ राखेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप