भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन
एजेन्सी । भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन भएको छ । प्रवक्ता त्यागीको बुधबार ह्रदयघातका कारण निधन भएको हो । भारतीय राष्ट्रिय कांग्रेसले ट्वीटरमार्फत उनको निधनको सूचना दिएको छ । ट्वीटरमा लेखिएको छः ‘हामी राजीव त्यागीको आकस्मिक निधनबाट निकै दुःखी भएको छौं । हामीले आज एक निष्ठावान र सच्चा देशभक्तलाई गुमाएका छौ ।
यस दुःखको घडीमा पीडित परिवारसँगै साथमै रहेको जानकारी गराउँदै समवेदना प्रकट गर्दछौं ।’ कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छिन् । गाजियावादमा निधन हुनु २ घण्टाअघि राजीव एक टेलिभिजनको लाइभ अन्तरवार्ता कार्यक्रममा सहभागी भएका थिए । राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागीलाई पनि समावेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा