पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा ४४ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ । यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन् ।
प्राप्त समाचारअनुसार यसरी मारिनेमा अधिकांश तालिबानहरु नै रहेका छन् । त्यस्तै केही स्थानमा सरकारी सुरक्षाकर्मी पनि मारिएका बताइएको छ । अफगानिस्तानको सरकारले गएको आइतबारदेखि तीन दिनसम्म आफ्नो थुनामा रहेका कैँदीहरु रिहा गर्ने कार्यक्रम राखेको थियो ।
आइतबारदेखि तीन दिनसम्म जारी राखिएका ती समारोहहरुमा कम्तीमा पनि ४०० जना तालिबान लडाकूहरुलाई सरकारले आफ्नो थुनाबाट मुक्त गरिदिएको छ । यहाँका सञ्चारमाध्यमहरुले भने सरकारले तालिबानहरुलाई रिहा गरिरहेको समयमा पनि उनीहरुका हिंसात्मक हमलाहरु नरोकिएको बताएका हुन् ।
अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तको मुकर जिल्लामा भएका आक्रमणहरुमा कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । त्यस्तै नान्गाहारमा पनि तालिबानले गरेको आक्रमणमा परी कम्तीमा पनि छ जना अफगानिस्तानका सुरक्षाकर्मीसहित केहीको ज्यान गएको छ ।
उता कुन्दुज प्रान्तमा भने उनीहरुले आफैले विस्फोट गराएको बम लागेर १० जना भन्दा बढी तालिबानको ज्यान गएको बताइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?