शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटको कटहरिया नगरपालिकामा भेन्टिलेटरसहितको आइसोलेसन निर्माण हुँदै

बुधबार, २८ साउन २०७७, १९ : ५१
बुधबार, २८ साउन २०७७

रौतहट । रौतहटमा एक स्थानीय तहमा भेन्टिलेटर सहितको आइसोलेसन निर्माण हुन लागेको छ । समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेसंगै कटहरिया नगरपालिकामा २ वटा भेन्टिलेटर सहितको आइसोलेसन निर्माण हुन लागेको हो ।

मेयर सियाराम कुश्वाहाको पहलमा बुधबार बसेको कार्यपालिका बोर्डको बैठक बाट आईसोलेसन निर्माण तथा संचालनको लागि नगर प्रवक्ता चन्दन कुश्वाहाको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको छ । 

बिश्व स्वास्थ संगठनको मापदण्ड अनुसार आईसोलेसन निर्माणका लागि एकजना एमडी , एकजना एमबीबीएस डाक्टर सहितलाई अनुबन्ध गर्न र आवश्यक सामग्री खरिद गर्न सूचना समेत आव्हान गरिसकेको कटहरिया नगर प्रवक्ता तथा वडा ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताए।

कटहरिया माविको भवनमा पहिलो चरणमा ५० बेडको आईसोलेसन निर्माण हुने र आवश्यकता अनुसार बेड थपिने प्रवक्ता कुश्वाहाले जानकारी दिए ।

कोरोना संक्रमितको आइसोलेसनमा उपचार गर्न अग्रभागमा खट्ने एमडी डाक्टरको ५० लाख, एमबीबीएसको २५ लाख, अनमी,अहेवलगायत अन्य स्वास्थकर्मी, जनप्रतिनिधि तथा नगरपालिका कर्मचारी को १५ लाख र सफाइ कर्मचारीको ५ लाखको स्वास्थ बिमा गरिने निर्णय गरिएको मेयर सियाराम कुश्वाहाले जानकारी दिएं ।

५ दिन अघि कटहरिया ५ का एकजना युवामा कोरोना पुष्टि भए संगै उनको सम्पर्कमा आएका १५७ जनाको पिसिआर जाचमा ९ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

हाल रौतहटको राजदेवी,गरुडा,चन्द्रपुर,कटहरिया लगायत नपामा समुदाय स्तरमा ७६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रशासन ले गत २४ गतेदेखि अगामी ३२ गतेसम्म निषेधाज्ञा जरिगतेको छ भने कटहरियाले भदौ ६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप