शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिजी ब्राण्डले पनि सुरु गर्यो आफ्नो आधिकारीक वेबसाइट

बुधबार, २८ साउन २०७७, १९ : २०
बुधबार, २८ साउन २०७७

काठमाडौं । सिजीले आफ्नो आधिकारीक वेबसाईट धधध।अनष्लकउष्चष्लनषिभ।अयm सफलतापूर्वक लन्च गरेको छ । यो वेबसाइट ग्राहक, डिलर तथा सम्पूर्ण महानुभावहरुलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको सिजीले जनाएको छ ।

यस वेबसाईटमा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामानको विशेषता देखि लिएर वारेन्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्नेछन् । यस वेबसाइटमा सिजी ब्राण्डमा रहेका एलइडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राइसकुकर, मिक्चर, वाटर डिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ । 

यसमा रहेको सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेन्टी आदिको दाबी दर्ता गर्नुका साथै सोको अवस्था वेबसाइटबाट नै हेर्न सकिनेछ । साथै ग्राहकहरुको सुविधाको लागि यस वेबसाइटमा सिजीका सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ । 

यसमा भएको स्टोर सेक्सनबाट ग्राहकहरुले आफ्नो नजिकमा रहेको सोरुम पनि सजिलै पत्ता लगाउन र सम्र्पक पनि गर्न सक्नेछन् । विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि जानकारी दिने काम यो वेबसाइटमा हुनेछ । 

वर्तवान अवस्थामा फैलिएको कोभिड–१९ भाइरसबाट टाढै रहि घरमै बसिबसि आफुले चाहेको सामानहरुको पूर्ण जानकारी लिई बुकिङ र खरिद समेत गर्न सकिने छ । तसर्थ सिजी ब्राण्डले सम्पूर्ण ग्राहकहरुको जिवनशैलीलाई सरल र सहज बनाउने लक्ष्यका साथ तयार गरेको यो वेबसाइटबाट सम्पूर्ण सरोकारवाला लाभान्वित हुनेछन् भन्ने कम्पनीले विश्वास लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप