शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ खेलाडीको पदक खोसियो

बुधबार, २८ साउन २०७७, १६ : १३
बुधबार, २८ साउन २०७७

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । 

पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् । 
नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । 

तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । १३ औं संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप