शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाज लघुवित्तको ८० हजार ७ सय कित्ता सेयर भदौ ४ बाट बिक्री खुला हुने

बुधबार, २८ साउन २०७७, १२ : ०४
बुधबार, २८ साउन २०७७

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा समाजले ८६ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
 यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप